स्वयम्भुमा ३ जनाको हत्या गरी आत्महत्या




स्वयम्भूमा मृत अवस्थामा फेला परेका तीन जनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशङ्का गरेको छ ।

नागार्जुन नगरपालिका–६ स्वयम्भू घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।



अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार मृतक तीन जनाको हत्या भएको बलियो प्रमाण फेला परेको छ ।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशङ्का छ ।

मृत्यु हुनेमा ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ बर्सिया ईश्वरी श्रेष्ठ, उनकी ८ बर्सिया छोरी अनिशा श्रेष्ठ र २ बर्सिया छोरी शिवानी श्रेष्ठ छन् ।

हत्या ईश्वरीका श्रीमान् राजु घिमिरेबाट भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनी पनि सितापाइला नजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीस्रोतले बतायो । ईश्वरी राजुकी श्रीमती र अनिशा छोरी रहेको खुलेको छ । शिवानी भने राजुका भतिजाकी छोरी रहेको बुझिएको छ।



सम्बन्धित
Loading...