१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ
कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु
बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर बुधबार एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोटको पलाँता गाउँपालिका– २ लार्फका अन्दाजी २० वर्षीय वीरेन्द्र सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सार्कीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर सार्कीले जानकारी दिएका छन् । जगन्नाथ गाउँपालिका– ६ को तल्लो काप्रिमा भिनाजु दीर्घ सार्कीको घर बनाउन जग सम्याउने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए ।
घटनाको जानकारी पाएलगत्तै तत्काल वडा नम्बर ६ का वडाध्यक्ष सार्की र जुड्डी प्रहरी चौकीको टोली घटनास्थल पुग्दा सार्कीको पूरै शरीर माटोमा पुरिएको र टाउको बाँकी रहेको अवस्थामा भेटिएको थियो।
प्रहरी र स्थानीयको सक्रियतामा शव निकाल्ने काम भए पनि मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष सार्कीका अनुसार कालीकोटका वीरेन्द्र सार्की केही दिनअघि दिदी–भिनाजु भेट्न बाजुरा आएका थिए ।