जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की, फागुन १८ । पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड
लजमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही महानगरपालिका–५ प्रस्याङ बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–१ घर भएका ५१ वर्षीय पदम लामा समेत ९ जनालाई बिहीबार
साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हजार ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।