नुहाउन गएकी बालिका भिरबाट खसेर मृत्यु




घरबाट नुहाउन हिडेकी एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ। जिल्लाको छायानाथ रारा नगर पालिका–९ कि अन्दाजी १२ वर्षिया भुमिका रोकायाको भिरबाट खसेर मृत्यु भएको हो।

छायानाथ रारा नगरपालिका–९ मुर्मा घर भएकी मृतक बालिका आमासँग सदरमुकाम गमगढी न्युरोडमा बस्दै आएकी थिइन्।



बिहीबार बिहान आफ्नो बस्ने कोठाबाट नुहाउनका लागि छायानाथ रारा नगरपालिका–२ चैना खोलातर्फ जाँदै गर्दा चैन भिरमा खसेर मृत्यु भएको उनका आफन्तले बताए। बालिका चैन भिरबाट करिब ३० मिटर तलको गमगढी पिना सडकखण्डमा खसेको प्रत्येक्षदर्शीले बताए।

भिरबाट खसेकी बालिकालाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याएलगत्तै उनको मृत्य भएको प्रहरीले जनाएको छ। अहिले पोष्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ।



सम्बन्धित
Loading...