उथलपुथल वर्ष २०८०ः यी हुन हाइप्रोफाइल पक्राउका ६ घटना (भिडियो सहित)




समग्रमा वि.सं. २०८० साल धेरैलाई रमाइलो त थोरैलाई दशा बन्यो । नयाँ बर्षहरू आउछन जान्छन घटनाहरू पनि भइ नै रहन्छन तर कुनै कुनै घटना भने मानसपटलमा मरणोपरान्त जिवितै रहन्छ । वर्ष २०८० मा पनि थुप्रै त्यस्ता घटनाहरू भए जुन मानसपटलमा जिवितै रहनेछन । ति मध्ये २०८० मा सम्झन लायक घटनामा ६ जना हाइ प्रोपाइल पक्राउ परेका घटना पनि एक हो । आउनुस ती घटना र पात्रबारे केहि चर्चा गरौ ।

नक्कली भुटानी शरणार्थी प्रकरण




नक्कली भुटानी शरणार्थी प्रकरण गत बर्षको सनसनी मच्चाउने घटना मध्येको एक हो । गएको असार पहिलो साता देशभर यो घटनाले सनसनी मच्चियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा राजनीतिक दलका शिर्ष नेताहरू पक्राउ परे । पूर्व गृहमन्त्री बालकृष्ण खाड, पूर्व मन्त्री टोपबहादुर रायमाझी लगायत १८ जनालाइ प्रहरीले पक्राउ गरेको थियो । यो घटना वर्ष २०८० का लागि स्मरणीय बनेको छ ।
पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण मंसिर ३० गते धरौटीमा रिहा भए भने उनीसँगै पक्राउ परेका नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री टोपबहादुर रायमाझी अझै प्रहरी नियन्त्रणमा रहेका छन् । त्यसो त रायमाझीलाई पनि छुटाउन चलखेल शुरु भइरहेको चर्चा पनि बाहिर आउन थालेको छ ।

सुन काण्डमा महरा पक्राउ

गएको चैत्र ५ गते माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी काठमाडौंबाट नवलपरासीको बर्दघाट, रुपन्देही हुँदै कपिलवस्तुबाट भारत छिर्न लागेको बेला प्रहरीले पक्राउ गरेको हो
महरा पक्राउ पछि देशको राजनीति क्षेत्रमा बेग्लै तरंग मच्चीएको थियो । उनि ४ दिन हिरासतमा बसेर छुटेपनि वर्ष २०८० का लागि यो पनि चर्चित घटना बन्यो ।
माओवादी पार्टी भित्रको प्रभावशाली नेताका रुपमा चिनिने महरा पछिल्लो समय निक्कै विवादित हुँदै एक पछि अर्को घटनामा फस्न थालेका छन् । जसले गर्दा उनका राजनीतिक भविष्य नै धरासायी भएको छ ।

ललिता निवास प्रकरण

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको घटनामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरूङ पक्रोउ परे । यो घटनाले देशभर सनसनी फैलीयो । योजना बनाएरै ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिनामा संलग्न २९० जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो चर्चा चलिरहेकै बेला भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरूङ पक्राउ परेपछि खबर केहि मिनेटमै भाइरल बन्यो । हाल उनि धरौटी बुझाएर थुनामुक्त छन तर घटनाभने वर्ष २०८० कालागि चर्चित नै बन्यो ।

तपस्वि बमजन पक्राउ

लिटिल बुद्ध भनेर मानिएका रामबहादुर बमजन गत पुस २४ गते बुढानिलकण्ठबाट पक्राउ परे । विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो । उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए। आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको आरोप छ । बमजन पक्राउको घटना वर्ष २०८०का लागि चर्चीत घटना मध्ये एक मानिन्छ । त्यसो त बम्जनलाई लागेको आरोप पछि देशबासीहरु उनलाई निर्दोष र दोषी भन्न दुई कित्तामै उभिए ।

बाँसवारी छालाजुत्ता कारखाना काण्ड

उद्योगपति एवम् नेपाली काँग्रेसका सांसद विनोद चौधरीका भाई व्यावसायिक घराना चौधरी समूहका सदस्य अरुण चौधरी पनि यसै बर्ष पक्राउ परे ।
माघ १८ गते पक्राउ परेका चौधरी त्यसो त धेरै दिन प्रहरी हिरासतमा रहन पाएनन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले चौधरीलाई पक्राउ गरेको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
उनीसँगै विनोद चौधरीको नाम पनि बाँसवारी जग्गा कब्जामा मुछिएको छ । तर उनी भने अहिलेसम्म पक्राउ परेका छैनन ।
चौधरी समूहले १० रोपनी सरकारी जग्गा मिचेको आरोप छ । अरुण चौधरीलाई व्यापक दबाबका बीच अदालतको आदेशमा छाडिएको थियो ।



सम्बन्धित
Loading...