हिउँमा चिप्लेर यार्सा टिप्न गएका १२ वर्षिय बालकको मृत्यु
दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षिय बालकको हिउँमा चिप्लेर ज्यान गएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ गोठान बस्ने दिलिपसिँह विष्टका १२ वर्षिय छोरा अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए ।
व्याँस गाउँपालिका वडा नम्बर २ स्थित दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका १२ वर्षिय बालक अनिषको हिउँमा चिप्लिेर घट्ना स्थलमै मृत्यु भएको छ । हिउँमा झण्डै ५ मिटर तल खस्दा घट्ना स्थलमै मृत्यु भएको स्थानीय बुढाथोकीले बताए ।