प्रतिनिधिसभा बैठक ६ जेठसम्मका लागि स्थगित




प्रतिनिधिसभा बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ।

आज सुरुमा शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको थियो। ४ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी ६ जेठ (आइतबार बिहान ११ बजे)सम्मका लागि स्थगित भएको छ।




प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ। संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। उनले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

अहिले प्रधानमन्त्री प्रचण्ड नेताहरूसँग सम्वादमा जारी राखेका छन्। आजै साँझ ६ बजे प्रधानमन्त्रीले सामूहिक रूपमा प्रतिपक्षीलाई बाेलाएर छलफल गर्दै छन्।



सम्बन्धित
Loading...