कावासोतीको गण्डकी आवासीय माविमा रेडक्रस सर्कल पुनर्गठन



कावासोती । नवलपुरको कावासोती ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा युवा तथा जुनियर रेडक्रस समिति गठनले पूर्णता पाएको छ ।

जिल्ला रेडक्रस समिति नवलपुरका कोषाध्यक्ष वेदप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, गण्डकी आ।मा।वि।का प्रधानाध्यापक जगत प्रसाद भट्टराईको संरक्षकत्व तथा शिक्षक शंकर भट्टराईको शिक्षक नायकत्वमा एघार सदस्यीय समिति आज एक कार्यक्रमका बीच गठन भएको छ ।




समितिमा केशव पौडेल सभापति, सोनिया काफ्ले उपसभापति, सचिवमा आयुष सुवेदी, कोषाध्यक्षमा किञ्जल सापकोटा, उपसचिवमा कृपा अधिकारी, उपकोषाध्यक्षमा नेन्सी गुरुङ तथा सदस्यहरुमा आदित्य पराजूली, सुजेन राना, प्रिन्सिका जि.सी., बिपुल पोख्रेल र रोजिना भट्टराई चयन भएका छन् ।

सो अवसरमा प्रमुख अतिथि वेदप्रसाद न्यौपानेले रेडक्रसको सिद्धान्तको बारेमा बोल्दै नवगठित समितिलाई शुभकामना दिए ।

नवगठित समितिको सपथ ग्रहणको कार्यक्रम संरक्षक जगत प्रसाद भट्टराईले गराएका थिए।



सम्बन्धित
Loading...