नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ


त्रिवेणी । नवलपुरको त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।


नेपाल भारत सीमाको ब्यारेज पुलमा प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको पैदल यात्री पर्वतको कुस्मा नगरपालिका ८ निवासी २१ बर्षीय संजिप गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले स्पास्मो ३६ ट्याब्लेट र नाइट्रोभेट २४ ट्याब्लेट बरामद गरेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...