चन्द्रागिरी केबलकारमा अड्किएका २५० यात्रुको डेढ घण्टापछि उद्धार
काठमाडौँ । चन्द्रागिरी केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ ।
करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जनाकारी दिए ।
केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।