काठमाडौंको ढलमा देखियो पोलियो भाइरस


फाइल तस्वीर



साउन । काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।

परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम पोलियो मुक्त देश घोषणा भएको १४ वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो र प्रयोगशालाको रिर्पोट २९ असारमा आएको थियो ।


‘ढलको नुमनामा दिसा परीक्षण गर्दा पोलियो भाइरस देखिाएको हो । अब पोलियो उन्मूलनका लागि गर्नुपर्ने गतिविधिलाई पुनः शसक्त रुपमा कार्यावन्यन गर्न जरूरी छ,’ डा. गौतमले भने ।

डा. गौतमका अनुसार टुकुचा–बागमती आसपासका ढलको नमुना थप संक्लन गरेर परीक्षण गर्ने तयारी रहेको छ । ढलमा पोलियो भाइरस देखा परेसँगै राष्ट्रिय खोप सल्लाहार समिति र पोलियो रोग उन्मुलन सम्बन्धि राष्ट्रिय प्रमाणिकरण समितिसँग थप परामर्श र खोप अभियान संञ्चालन गर्ने तयारीमा महाशाखा जुटेको छ ।

पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ । पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ ।

नेपाललाई सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको थियो । सन् २०१० सेप्टेम्बरपछि नेपालमा पोलियोको भाइरस देखिएको थिएन ।

नेपाल पोलियो रोगमुक्त भएतापनि सन् २०१७ देखि काठमाडौंका विभिन्न पाँच ठाउँबाट महिनाको दुई पटक र उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराबाट महिनाको एक—एक ठाउँबाट एक पटक नमुना संकलन गरेर परीक्षण गर्दैं आएको छ ।

उपत्यकाको वातावरणमा पोलियो भाइरस देखिएपछि सरकारले पाँच वर्षमुनिका बालबालिकाहरूलाई पुनः पोलियो थोपा खुवाउने योजना बनाएको छ ।

ढलमा पोलियो भाइरस भेटिएपछि ९ १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो दिने भ्याक्सिन महाशाखाले जनाएको छ ।

पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् ।

यो रोग विरुद्धको ओ.पि.भी र आइ.पि.भी खोप छन् । ओ.पि. भी खोप मुखबाट खुवाउनपर्छ भने आई.पि.भी खोप सुई मार्फत दिइन्छ । पोलयो रोग विरुद्ध दिइने दुई प्रकारका खोपहरुले एकअर्को खोपले प्रदान गर्ने प्रतिरोध क्षमतालाई सुदृढ गर्न परिपुरकको रुपमा काम गर्छन् ।

मुखबाट दिइने पोलियो खोप जीवित भाइरसबाट बनेको हुन्छ मुखबाट दिइने पोलियो खोपको फाइदा र बेफाइदा दुवै हुन्छ । जीवित भाइरस बनेको पोलियो खोप आन्द्रा हुँदै शरीरमा प्रवेशमा गर्छ । जुन शरीरमा संख्यात्मक रुपमा धेरै गुणा वृद्धि हुन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई सामान्य लक्षण जस्तै ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने हुन्छ । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भइसकेपछि निको हुँदैन । यो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ ।

सरसफाइको राम्रो व्यवस्था नभएको बेलामा बच्चाले दिसा गर्दा त्यसबाट पनि संक्रिय भाइरस निस्किने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लाल बताउँछन् ।
‘लाखौं संख्यामा बालबालिका मध्ये कहिलेकाहीले दुई–चार जना बालबालिकालाई भाइरसले पनि पोलियो गराउन सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिमा पोलियो हुने देखिएको छ,’ डा. लालले भने, ‘सुईबाट दिँदा भाइरस मरेको हुँदा बालबालिकालाई प्रतिरक्षा दिन्छ अन्य बालबालिमा सर्ने सम्भावना हुँदैन ।’

सरसफाई राम्रो व्यवस्था नभएका गरिब मुलुक अहिले पनि आईपीभी खोप सञ्चालन भइरहेको छ । विश्वभरिबाट टाइप टु र थ्री नामक पोलियो भाइरस उन्मूलन भएपनि टाइप वान नामक भाइरस चाहिँ अफगानिस्तान र पाकिस्तानमा अझै देखिएको छ ।

पोलियो संक्रमित धेरैजसो मानिसमा कुनै पनि लक्षण देखिदैन र समस्या विना नै धेरै निको हुन्छन् । तर कहिलेकाही पोलियो लागेका मानिसमा पक्षघात हुनसक्छ । विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक दुई सय बिरामीमध्ये एकजना बिरामीलाई हुने पक्षाघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ ।



सम्बन्धित
Loading...