पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला




काठमाडौँ । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।



उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो । योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।

यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन् ।



सम्बन्धित
Loading...