माओवादी केन्द्र निकट विद्यार्थीको ढकालको नेतृत्वमा नयाँ समिति गठन





नवलपुर । ने.क.पा. (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नवलपुरको १७ औं जिल्ला सम्मेलनले आयुष ढकालको अध्यक्षतामा ५ पछि थप्ने गरी ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

कावासोतीमा शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा शिशिर पाण्डे र पारश भट्टराई रहेका छन् भने सचिवमा गणेश तिवारी र कोषाध्यक्षमा निसा मगर चयन भएका छन् ।


२ जना सहसचिव पछि मनोनयन गर्ने अखिल क्रान्तिकारी नवलपुरका जिल्ला ईञ्चार्ज ईश्वर गैह्रेले जानकारी दिए । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका नेता माधव सापकोटाले गरेका थिए । सापकोटा प्रतिनिधि सभा सदस्य पनि हुन् ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षद्वय नारायण खनाल र पवन कार्की, गण्डकी प्रदेश ईञ्चार्ज नारायण बढाल र गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरू, जनवर्गीय संगठनका प्रतिनिधिहरू, मित्र संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...