बिष्फोटले लग्यो कहिला नानिहरुको ज्यान …




बुटवल । फालेलुङ-५ प्राङबुङको डाँडागाँउमा विहिबार करिब साढे ३ बजे तिर चर्को आवाजमा विष्फोट भयो । गाँउलेहरु कुदेर आए । नानीहरु बिष्फोटले जलिरहेका थिए । एकाएक गाँउमा अत्यास छायो ।’कसरी यस्तो भयो भन्ने नै थाहा भएन । हतारहतार नानीहरु स्वास्थ्य केन्द्र लगियो’ वार्ड अध्यक्ष भरत खपाङगिले सुनाए ।

विद्यालयमा परिक्षा चल्दै गरेकाले केटाकेटि छिट्टै घर आएका थिए । स्थानिय स्वास्थ्य चौकिमा उपचार सम्भव थिएन । जिल्ला अस्पताल पाँचथर ल्याईपुर्याउन समय लाग्नै नै भयो । घाईते मध्येका तीन जनालाई ४२ किलोमीटर पाँचथर अस्पताल पुर्याईयो ।



दिलिप साँवाका ११ बर्षिय छोरा दिप्सन र २ बर्षिय छोरी प्रिन्सा साँवाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विएण्डसि अस्पताल झापा रेफर गरियो । प्रिन्साको बाटैमा र दिप्सनको अस्पतालमा मृत्यु भयो ।
आईत बहादुर केरुङको घरमा विस्फोट भएको थियो । यो घरमा ज्ञान बहादुर राई बस्दैँ आएका थिए । छिमेकी दिलिपका नानीहरु यहाँ खेल्न आएका थिए । तर उनिहरु घर फर्किन पाएनन् ।

११ बर्षिय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । सामान्य घाईते दिपेश राई गाँउमै छन् ।
उनले बताए अनुसार घरछेउमा एउटा बस्तु भेटिएको थियो । नजिक ल्याएर हम्मर (ढुङगा फुटाउने)ले कुटेर फुटाउन खोज्दा पढ्किएको थियो ।

घटनास्थलमा रहेका प्रहरी निरिक्षक रुपेश तामाङका अनुसार घर छेउमै अर्को संकास्पद बस्तु भेटिएको हो ।
द्वन्द्वकालको हो या नयाँ भन्ने यकिन छैन्। पुरानै हुनसक्ने वार्ड अध्यक्ष खपाङ्गी बताउछन् ।

ग्रिनेट भएको अनुमान गरीएको छ । द्वन्द्वका समयमा तत्कालिन विद्रोहि पक्षको बाक्लो उपस्थिति रहेको ठाँउ हो । सरकारी सुरक्षाकर्मि पनि पुगिरहन्थे ।

नेपाली सेनाको टोली घटना स्थलमा पुगेको छ । घर खान तलासी गरिरहेको छ । नयाँ हो या पुरानो हो, केके सामाग्री लगाएर बनाएको भन्ने बारे अनुसन्धान भईरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि हेमन्त भण्डारीले बताए । गाँउमा सारै दुखद् घटना भएको स्थानिय पूर्ण जवेगु बताउछन् ।



सम्बन्धित
Loading...