करेन्ट लागेर बारामा हात्तीको मृत्यु





बारा – धान खेतमा लगाइएको करेन्ट लागेर बारामा आइतबार बिहान एउटा जंगली हात्तीको मृत्यु भएको छ ।

काेल्हबी नगरपालिका–२ पर्सा कुनामा धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो ।


सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको काेल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए ।

हात्ती गाउँ नजिकैको धान खेतमा मृत फेला परेको हो । हात्तीको करेन्ट लागेर मृत्यु भएपछि हेर्नेको भिड लागेको छ।



सम्बन्धित
Loading...