झ्याप्ले खोला पहिरोबाट थप १६ शव निकालियो, ३० जनाको शव निकालियाे (अपडेट)





धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिरोले पुरिएका ३० जनाको शव निकालिएको छ। हिजो शनिबार १४ शव निकालिएकोमा आज दिउँसो १ बजेसम्म थप १६ वटा शव निकालिएको प्रहरीले जनाएको छ।

चार महिला र १२ पुरुष गरी आज १६ वटा  शव निकालिएको हो। सबै शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।


धादिङको धुनीबेँसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलामा शनिबार आएको पहिरोमा परेर गाडीसहित यात्रु पहिरोमा पुरिएका थिए । नागढुंगादेखि झ्याप्ले खोलासम्म मात्रै १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो खसेको छ।



सम्बन्धित
Loading...