टीकाको उत्तम साइत शनिबार बिहान ११: ३६ मा

कुन देशमा कति बजे छ साइत ?





नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत सोही दिन बिहान ११ :३६ मा छ ।

कुन देशमा कति बजे छ साइत ?


अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत कुन देशमा कति बजे छ भनेर पनि जानकारी दिएको छ । अधिकांश देशमा १२ अक्टोबर र केहीमा १३ अक्टोबरमा दसैँ पर्छ । १२ अक्टोबरमा भारतमा ११:४२ तथा अमेरिकाको न्युयोर्कमा १०:०१ र वासिङ्टन डिसीमा ९:५५ बजेट टीकाको साइत छ । त्यस्तै, पोर्चुगलको लिस्बनमा १०:२४, बेलायतको लन्डनमा १०:२१, फ्रान्सको पेरिसमा १०:२३ र नर्वेको ओस्लोमा १०ः१९ बजे टीकाको साइत छ ।

सोही दिन स्विट्जरल्यान्डको जेनेभामा ११:५५, माल्टामा १०:४५, साउदी अरेबियामा ११:२३, सिंगापुरमा ११:४५, इजरायलको तेल अभिभमा ९ः१६, मलेसियाको क्वालालम्पुरमा ११:५७ र युएईको अबुधाबीमा ११:४५ बजेको साइत छ । १२ अक्टोबरमै कतारको दोहामा ११:०५, थाइल्यान्डको बैंककमा ११:२१ र म्यान्मारको यांगुनमा ११:२१ बजे साइत तोकिएको छ ।

१३ अक्टोबरमा भने जापानको टोकियोमा ११:३५, अस्ट्रेलियाको सिड्नीमा ११ः२१ र मेलबर्नमा ११:२७, हङकङमा ११:४३ बजे र दक्षिण कोरियाको सिओलमा ९:१५ बजे टीकाको उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ ।



सम्बन्धित
Loading...