पत्रकार प्रेम क्षेत्रीको असामयिक निधन



चितवनको माडी नगरपालिका वडा नं. १ चैनपुर निवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सह–स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको हो।

शनिवार राति छाती दुखे पछि क्षेत्रीलाई परिवारले तत्काल अस्पताल ल्याएको थियो । तर बाटोमै उनको मृत्यु भएको परिवार श्रोतले जनाएको छ।




पत्रकारितामा सत्य, इमानदारी र समर्पणका लागि परिचित क्षेत्रीले स्थानीय समाचारको विश्वसनीयता र समुदायप्रतिको उत्तरदायित्वलाई सदैव प्राथमिकता दिएका थिए।

उनको असामयिक निधनले चितवनको सञ्चार क्षेत्र र उहाँलाई नजिकबाट चिनेका सबैलाई स्तब्ध बनाएको छ। उनी पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् ।

दिवंगत क्षेत्रीको अन्त्येष्टि आज देवघाटमा गरिने परिवारले जनाएको छ।

 



सम्बन्धित
Loading...