रविलाई भैरहवा लगिएसँगै कार्यकर्ताको प्रदर्शन


 


रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । अहिले उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ ।

लामिछानेलाई भैरहवामा लगिएसँगै कार्यकर्ता र समर्थकले प्रदर्शन चर्काएका छन् ।




भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा रास्वपाका कार्यकर्ता र रविको समर्थकले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कार्यकर्ता र समर्थकले उनको पक्षमा चर्को नाराबाजी गरिरहेका छन् ।

यसैबीच रविलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइने भएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुछिएका रविलाई पोखराबाट मंगलबार भैरहवा लगिएको हो ।

 

 


 



सम्बन्धित
Loading...