त्रिभुवनटारका पशुपालक किसानहरुलाई १२ लाख बराबरको कृषि उपकरण हस्तान्तरण




रामकुमार श्रेष्ठ –
नवलपुर ।
नवलपुरको कावासोतीमा रहेको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरले कावासोती १४ का पशुपालक कृषकहरुलाई कृषी सामग्री हस्तान्तरण गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी पदमा जिसी श्रेष्ठको प्रमुख आतिथ्यतामा कृषि सामग्री हस्तान्तरण गरिएको हो ।



कृषि सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री जिसीले केन्द्रिय सरकारले ल्याएको बजेटबाट कृषकका धेरै माग सम्बोद्धन गरेको बताउँदै प्रदेश सरकारले पनि कृषिमा उत्पादन बढाउनका लागि कृषिमा लगानी बढाउने बताए ।
त्यसैगरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री जिसीले नवलपुरमा भूमिहिन सुकुम्बासीहरुलाई जग्गा धनि लालपूर्जा वितरणका लागि संघीय सरकार र स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको पनि बताए ।

कार्यक्रममा कावासोती १४ का वडाध्यक्ष तुलसी राम थारु, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरका प्रमुख डा. शर्मिला कुमाल, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरको ९० प्रतिशत अनुदान र उद्यमशिल बहुउद्देश्यीय कृषक समूहका कृषकहरुको १० प्रतिशत लगानीमा १२ लाख बढीका कृषि सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नवलपुरका प्रमुख डा. शर्मिला कुमाल यो कार्यक्रम लगायता ३ बर्षसम्म छनौट भएका समूहहरुमा लागु हुन जानकारी गराए ।

उद्यमशिल बहुउद्देश्यीय कृषक समूहका सस्थापक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले यहाँका कृषकहरुलाई उसको आवश्यकता हेरि कृषि सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार छाँटी काट्ने मेसिन २ वटा, धान गहूँ पिस्ने मेसिन ३ वटा, पानी तान्ने मोटर १ थान, ७ वटा गोठ सुधार गर्ने योजना सहित १३ जनालाई कृषि उपकरणहरु हस्तान्तरण गरिएको हो ।



सम्बन्धित
Loading...