कावासोतीमा बस दुर्घटना, १५ जना घाइते (घाइतेहरुको नामावली सहित)
कुसुम परियार –
नवलपुर । नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ ।
कावासोतीबाट नारायणगढ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आज साँझ ७ बजेतिर कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार ३० जना मध्ये १५ जना घाइते भएको र उनीहरुको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज भरतपुुर चितवन पठाइएको नवलपपुर प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
निम्न घाईतेहरु:-
# नवलपुर अस्पताल कावासोती न.प.(पूर्व)मा उपचाररत घाइतेहरु:-
१) जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१६ बस्ने वर्ष-५० को अर्जुन घर्ती मगर, छातीमा भित्री चोट, अवस्था मध्यम, उपचारमा आफन्त(९८५७०२८४३०)संलग्न ।
२) ऐ.न.पा.१५ बस्ने वर्ष-५० को प्रबल भट्टराई, दुबै हात र टाउकोमा चोट, अवस्था मध्यम, उपचारमा आफन्त(९८४५०६७३०२)संलग्न ।
# नँया मेडिकल कलेज भरतपर चितवनमा उपचाररत घाईतेहरु:-
१) जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.१३ बस्ने वर्ष-३५ की दिलमाया महतो, निधारमा चोट अवस्था सामान्य ।
२) जिल्ला न.प.(पूर्व) ऐ.ऐ. बस्ने दिलमाया महतोको छोरा वर्ष-९ को दिगन महतोलाई चोटपटक नभएको सामान्य
३) जिल्ला न.प.(पूर्व) ऐ.देवचुली न.पा.१६ बस्ने वर्ष-३५ को कृष्ण पौडेल, बाँया खुट्टामा चोट, अवस्था सामान्य ।
४) निजको श्रीमती वर्ष-३५ की हिमान्वी देवी शर्मा, बाहिरी चोट नभएको, अवस्था सामान्य ।
५) जिल्ला न.प.(पूर्व) ऐ. कावासोती न.प.२ बस्ने वर्ष-४० तुलसी रैला, बाहिरी चोट नभएको सामान्य ।
६) जिल्ला न.प.(पूर्व) ऐ.कावासोती न.पा.२ बस्ने वर्ष-५५ की कोपिला लामिछाने, बाहिरी चोट नदेखिएको, अवस्था मध्यम ।
# पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचाररत घाइतेहरु:-
१) जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.२ बस्ने वर्ष-५५ को नागेन्द्र कुमार तिवारी, छातीमा चोट, अवस्था मध्यम ।
२) जिल्ला सप्तरी बोदेबरसाइन न.पा.१० बस्ने वर्ष-२७ को मिथलेस यादव,टाउकोमा चोट अवस्था सामान्य ।
३) ऐ.ऐ. बस्ने वर्ष-२५ को निरज यादव, टाउको र बाँया खुट्टामा चोट, अवस्था मध्यम ।
४) जिल्ला चितवन भरतपुर म.न.पा.-१३ बस्ने वर्ष-४० की राधा बल,टाउकोमा चोट, अवस्था मध्यम ।
५) निजको छोरा वर्ष-९ को आयुस बल, टाउकोमा चोट, अवस्था मध्यम ।