अर्घाखाँचीमा जीप दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते




अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क- ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सन्धिखर्क-ढोरपाटन सडक खण्डमा गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४ नं. को फोर्स जीप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए। मृत्यु हुनेमा गुल्मी मदाने गा.पा.-६ पुर्कोटकी १० वर्षिया अरुणा थापा र मदाने गा.पा. ७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेको जिसीले बताए।

 




दुर्घटनामा २४ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।



सम्बन्धित
Loading...