एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई




नवलपुर । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले नेपाली जनताबाट उठेका हरेक प्रश्नको जवाफ दिन एमाले तयार रहेको बताएका छन् ।

आइतबार नेकपा एमाले नवलपुर क्षेत्र न.. १ को निर्वाचन परिचालन समितिको विस्तारित वैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।




उनले आसन्न निर्वाचनमा नेकपा एमालेलाई मतदान गरी विजयी गराउन आग्रह गर्दै सरकार गरिव र पछडिएका वर्गको लागि आवश्यक रहेको बताउँदै त्यसको नेतृत्व एमालेले गर्ने दावी पनि गरे ।

आइतबार नवलपुरको दलदलेमा आयोजित वैठकमा उनले एमाले र एमालेको नेतृत्वको बारेमा अनेक प्रश्न उठेको बताउँदै एमाले जनताबाट आएको प्रश्नबाट नभाग्ने पनि बताए ।

उनले निर्वाचनको समयमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एक ढिक्का भई प्रतिपक्षको सामना गर्ने बेला आएकोमा पनि जोड दिए । उनले एमालेविरुद्ध छरिएका भ्रम चिरेर एमाले अगाडि बढ्ने बेला आएको जिकिर गरे ।

नेकपा एमालेले नवलपुर क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि एमालेका भातृ संगठन नेपाल उद्योगी व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ ।



सम्बन्धित
Loading...