कावासोतीमा गैडाले हानेर १ जना घाइते




नवलपुरको कावासोती १७ अमलटारी घाटमा गैडाले हानेर १ जना घाइते भएका छन् ।

स्थानीय बासिन्दाका अनुसार आज दिउँसो १२ बजेतिर गैडाले हानेर कावासोती १७ निवासी ४० बर्षीय हेमबहादुर कुमाल घाइते भएका हुन् ।




उनी अटो चालक हुन् । उनलाई गैडाले पछाडिबाट आक्रमण गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उनको देबेपट्टिको खुटामा चोट लागेको छ । उनको स्थानीयले उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएको स्थानीय बासिन्दाले जनाएका छन् ।

घाँस काट्ने क्रममा गैडाले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...