कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले स्थानीय पाठ्य पुस्तक ‘मेरो कावासोती मेरो गौरव’ प्रकाशन गरेको छ ।
कावासोतीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अध्ययन शुरु भएको झण्डै ८ बर्ष पछि पुस्तक प्रकाशन गरेको हो ।
कावासोती नगरपालिकाका अनुसार कक्षा १ देखि कक्षा ८ सम्मको लागि पाठ्यपुस्तक प्रकाशन गरिएको हो ।
पुस्तकमा कावासोती नगरपालिका भित्रका बजार, कृषि, पर्यटन, स्थानीय स्रोत साधन, स्थानीय भाषा, जाती, रहनसहन, कावासोती भित्रका जनप्रतिनिधिहरु आदि समावेश गरिएको छ ।
उक्त पाठ्यपुस्तक केही दिनमै सबै विद्यालयमा पुग्ने नगरपालिकाले जनाएको छ । ‘मेरो कावासोती मेरो गौरव’ नामक पुस्तक निशुल्क रुपमा विद्यार्थीहरुलाई वितरण गरिने छ ।