नवलपुरमा जुवातास खेलिरहेका ८ जना पक्राउ

नवलपुर – नवलपुरको देवचुली नगरपालिका-१६ टाँगिकोटस्थित हस्पिटालिटी लिजर रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रिसोर्टभित्र हारजितको बाजी राखेर तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको टोलीले उनीहरूलाई समातेको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीले रिसोर्टको कोठा नम्बर १०९ मा छापा मार्दा घटनास्थलबाट नगद ४२ हजार ९०५ रुपैयाँ र ८ बुक तास बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा देवचुली-१६ बस्ने अमन अधिकारी (४२), गोपाल तिवारी (५०), अजय रिजाल (४६), लक्ष्मण सिंह ठकुरी (३४), राज कुमार अधिकारी (४६), सुरज शर्मा (५०), डोलराज महतो (३५) र सुनसरी घर भई हाल देवचुली बस्ने रमेश मगर (५७) रहेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक मुचुल्का तयार पारी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ।