समुह अनुसार हेर्नसहोस

चितवन

खोलाले बगाउँदा एक पुरुष बेपत्ता

माडी । माडी नगरपालिका वडा नं-५, छरछरेस्थित मगई खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । माडी-५ बस्ने ४५ वर्षीय रणबहादुर कामीलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास तथा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।…

पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । बुधबार दिउँसो १ बजेर ५० मिनेट जादाँ चितवनको ईच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा अवरुद्ध भएको सडक २ बजेर १० मिनेटमा खुलेको हो । हिरोका कारण अवरुद्ध सडक…

छतबाट खसेर दुई वर्षीय बालक घाइते

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं–३, न्युरोडमा दुई वर्षीय बालक घरको छतबाट लडी घाइते भएका छन् । आकाश चिमरियाको छोरा दुई वर्षीय आविष्कार चिमरिया आफनै घरको दुईतले छतबाट खेल्ने क्रममा अचानक खस्न गई घाइते भएका हुन् । उनको…

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

चितवन । चितवनको माडी नगरपालिका वडा नं–८ स्थित बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी–८ बस्ने ४५ वर्षीय भक्तबहादुर थापा जङ्गलमा भैँसी चराउने क्रममा बाघको आक्रमणमा परी घाइते भएको हो । घाइते थापाको स्थानीय बघौडा अस्पताल माडीमा…

निजी स्कुल बसमा जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् । गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर…

गर्मी बढेपछि चितवनको रत्ननगरमा जेठ १९ गतेसम्म र नेपालगञ्जमा ३ दिन विद्यालय बन्दबन्द,

अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले सोमबारदेखि जेठ १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले अत्यधिक गर्मीका कारण विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या भएकाले जेठ १९…

नारायणगढ मुग्लिन सडक बाटो विस्तारको क्रममा पहिरो खसेर एक्साभेटर चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको ३ नम्बर खोला पुल नजिकै बाटो विस्तारको क्रममा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्यु भएको छ । चितवनको ईच्छाकामना गा।पा। ५ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा पुलको लागि पहाड काट्ने…

मेघौली क्षेत्रमा आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा

मेघौली । पश्चिम चितवनको मेघौली क्षेत्रमा विगत केही दिन देखी चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर घर पालुवा जनावरलाई आक्रमण गर्ने गरेको बाघलाई मंगलबार नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रक…

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्करबाट १३ जना घाइते

चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका…

२ जनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु

चितवन । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना…