छतबाट खसेर दुई वर्षीय बालक घाइते




भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं–३, न्युरोडमा दुई वर्षीय बालक घरको छतबाट लडी घाइते भएका छन् ।

आकाश चिमरियाको छोरा दुई वर्षीय आविष्कार चिमरिया आफनै घरको दुईतले छतबाट खेल्ने क्रममा अचानक खस्न गई घाइते भएका हुन् ।



उनको टाउकोमा चोट लागेको छ । घाइते बालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा निजको बुबा संलग्न रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...