समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

युवकको मृत्यु भएपछि धनगढीमा तनाव, नोभा अस्पताल तोडफोड

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको हो । अस्पतालको…

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा…

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

भरतपुर । विपी कोइराला मेमोरयिल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला आइतबार घुससहित पक्राउ परेकी छिन् । उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजारको चेक सहित भरतपुर–४ कटहर चोकबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।…

अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार…

काठमाडौंको ढलमा देखियो पोलियो भाइरस

साउन । काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो । परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा…

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको…

गैँडाको नक्क्ली खाग सहित ९ जना पक्राउ

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको नक्क्ली खाग सहित ९ जनालाई पक्राउ गरेको छ । गएको वैशाख २८ गते चितवन भरतपुर महानगरपालिका वडा नं. ९ बाट गैँडाको नक्क्ली खागको कारोबार गर्दै गर्दा चितवन भरतपुर–२८ बस्ने सन्त बहादुर कुमाल, चितवन…

स्व. तिर्थराज भुसालको सम्झनामा ९६ जनाले गरे रक्तदान

नवलपुर एफ एमका संस्थापक स्व. तिर्थ राज भुसालको सम्झनामा ९६ जनाले रक्तदान गरेका छन् । दुर्घटना भएकाहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ हरेक वर्ष भुसालको जन्मजयन्तीको दिन जेठ २६ गते रक्तदान कार्यक्रम हुदैं…

नवलपुरमा ५ सय ५२ जनालाई क्षयरोग

स्थानीयतह स्तरीय क्षयरोग , एचआईभी तथा औलोरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम नवलपुरमा भएको छ । नवलपुरको कावासोतीमा स्वास्थ्य कार्यालय नवलपुर , गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालय र सेभ द…

पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक रहेको शव ल्याउन दबाब अभियान

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेको शव ल्याउन बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा एक टोली विराटनगर प्रस्थान गरेको छ। सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीय करिव एक…