समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

उपचारको ११ लाख ७० हजार तिर्न नसक्दा महिलाको शव तीन दिनदेखि अस्पतालमै

उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होमले दलित महिलाको शव तीन दिनदेखि बन्धक बनाएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको गत बिहीबार (३ जेठ) उपचारका क्रममा निधन भएको…

पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु

१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खाए । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो । आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान जानसक्छ ? चिप्स खाएर मरेको सो…

पक्राउ परे नक्कली डाक्टर

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली…

होटल व्यवसायी संघ नवलपुरद्वारा ब्लड क्यान्सर होटल व्यवसायीलाई २ लाख बढी आर्थिक सहयोग

रामकुमार श्रेष्ठ – नवलपुर । होटल व्यवसायी संघ नवलपुरले आज ब्लड क्यान्सर पीडित महिला होटल व्यवसायी पवित्रा वन्टाकी मगरलाई २ लाख बढी आर्थिक सहयोग गरेको छ । कावासोती २ मा कान्छा होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी पवित्रा वन्टाकी…

मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा

नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि बहिरङ्ग (ओपिडी) सेवा ८ घण्टा सञ्चालन हुने गरेको थियो । त्यसलाई बढाएर १२ घण्टा सञ्चालनमा आएको हो । बिरामीको चापलाई…

गर्मीमा शरीर शीतल राख्न यि पाँच फल खानुहोस्

तापक्रम बढिरहेको छ । केही फलफूलको नियमित प्रयोग गरेर यस समय शरीरलाई शीतलता प्रदान गर्न सकिन्छ । गर्मी हटाउने मात्रै होइन, मानिसलाई स्वस्थ र निरोगी राख्न पनि यी फलफूलको प्रयोग महत्वपूर्ण छ । खरबुजा : यसमा पानीको मात्रा प्रशस्तै हुन्छ…

कसरी चिन्ने सुई हालेको खरबुजा ? नत्र क्यान्सर होला

काठमाडौँ । गर्मीको मौसम सुरु भयो । यतिबेला बजारमा छ्याप छ्याप्ती खरबुजा आउन थालेका छन् । हरेक पटक खरबुजा किन्दा हामी पसलेलाई खरबुजा रातो त छ नि ? खल्लो पो छ कि भनेर सोध्छौँ ? तर खरबुजा रातो हुँदैमा यो प्राकृतिक रूपमा पकाइएको वा शरीरको…

गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज

काठमाडौँ । गर्मीको मौसम सुरु हुने बित्तिकै खपिनसक्नुको घाम र तातो हावाको लहर चल्न थाल्छ । यसका कारण हाम्रो शरीर थकित र निर्जीव महसुस हुन्छ । यस्तो अवस्थामा चिसो रहन हामी एसी वा चिसो पेय पदार्थको सहारा लिन्छौँ । हाम्रो शरीरलाई…

अभिनेत्री पूजा शर्माको शल्यक्रिया

काठमाडौं । मेडिसिटी अस्पतालमा अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन् । आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको…

बिरालोले टोकेपछि अस्पतालमा रेविजको सुई लगाउन गएकी महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको हो । मृतकका आफन्त मनीषा चौधरीका अनुसार…