0 187







विष्णु खनाल

नवलपरासी (बर्दघाट) । बडादशैंको अवसरमा ईलाका प्रहरी कार्यालय बर्दघाटले पत्रकार भेटघाट तथा शुभकामना अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रमा बर्दघाट क्षेत्रका संचारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकारहरुले प्रहरीसंगको भेटमा खुल्ला सिमानाका कारण मौलाईरहेको तस्करी, बजार अनुगमनको विषयसंगै चाडपर्वको समयमा हुनसक्ने दुर्घटनाको विषयमा प्रहरी सम्वेदनसिल हुनुपर्ने बताएका थिए ।

प्रहरी राजमार्ग मात्र केन्द्रित भएर नपुग्ने भन्दै नगरपालिकाका भित्रि गाउँहरुमा समेत नियमित गस्तीलाई बढाउन पत्रकारहरुले आग्रह गरेका थिए ।

पत्रकारहरुले प्रहरीसंग सहज रुपमा सूचना पाउने वातावरण मिलाईदिन आग्रह गर्दै आफुहरुलाई थाहा भएका स्रचना प्रहरीलाई खबर गर्ने र प्रहरीले कुनैपनि घटनाको बारेमा पत्रकारहरुलाई जानकारी गराई एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सागर पुरीले प्रहरीले शान्ति सुरक्षा कायम गर्न हर सम्भव प्रयास गरिरहेको बताउदै सकेसम्म दुर्घटना घट्नै नदिने र दुर्घटना भएमा आफ्नो कार्यक्षेत्र भित्रको जुनसुकै ठाउमा ५ मिनेट भित्रनै प्रहरी पुग्न सक्नेगरी सुरक्षा संयन्त्र तयार पारी ब्यबस्था मिलाईएको बताउनुभयो ।

बजार अनुगमन तथा शुसासन कायम गर्न आफुले प्रयास गरेपनि कतिपय अवस्थामा सम्बन्धीत क्षेत्रको प्रयाप्त सहयोग नपाउदा प्रहरीले सोचेजती काम गर्न नसकेको पुरीले बताउनुभयो ।
चाडबाडलाई लक्षित गरी सुरक्षकर्मीको संख्या पनि बढाईएको र नियमित गस्तीलाई समेत बढाईएको पुरीले बताउनुभयो ।

You might also like
Loading...