निर्मला हत्या : निलम्बित एसपीले स्पष्टीकरण बुझाए

0 64







काठमाडौ । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार विष्टले बुझाएको स्पष्टीकरण प्रहरीले गृहमा पठाएको छ ।

स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् । विष्टले प्रमाण नष्ट गरेको भन्दै स्थानिलयले आन्दोलन गर्दा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएको थियो भने अन्य छ जना घाईते भएका थिए ।

गृहले गठन गरेको उच्चस्तरिय छानविन समितिको प्रतिवेदनमा समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई गृहले स्पष्टीकरण सोधेको थियो । चित्त बुझ्दो जवाफ नआएका दुवै प्रहरीलाई बरखास्त गर्ने तयारीमा गृह मन्त्रालय रहेको छ ।

You might also like
Loading...