मंसिर १३ देखि परासीमा व्यापार मेला हुने

0

संजय तिवारी
परासी । पश्चिम नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउँदै समग्र जिल्लाको विकासमा सहयोग गर्ने उद्देश्यले चौँथो पटक नवलपरासी औद्योगिक व्यापार मेला आयोजना हुने भएकोे छ ।
मेला यही मंसिर १३ देखि २३ गतेसम्म जिल्ला सदरमुकाम परासीमा सञ्चालन गर्न लागिएको हो ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा रामग्राम नगरपालिकाको संरक्षकत्व एवं नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ प्रदेश नं ५, जिल्ला समन्वय समिति नवलपरासी, सुनवल नगरपालिका लगायतको संयुक्त प्रयासमा मेला सञ्चालन हुन लागेको आयोजकले परासीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
चौँथो पटक सञ्चालन गर्न लागिएको मेला जिल्लाको धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र जैविक विविधताको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले भगवान गौतम बुद्धको अस्तधातु रहेको स्थल रामग्राम परासीमा मेला सञ्चालन गर्न लागिएको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।
मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रर्दशनी हुने उहाँले बताउनुभयो । यस अघि एक पटक परासी र दुई पटक सुनवलमा सो मेला सञ्चालन भएको थियो ।







सम्बन्धित
Loading...