विदा कटौंती विरुद्ध आन्दोलन गछौँँः रेशम गुरुङ

0

प्रेमध्वज गाहा




नवलपरासी । नेपाल तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुले सरकारले गरेको बिदा कटौतीका बिरुद्धमा आन्दोलन गर्ने बताउनु भएको छ ।
तमु बिद्यार्थी छोँज धीँ नवलपरासीको ऐतिहासिक सातौँ जिल्ला अधिबेशनको समुद्घाटन समारोहमा बोल्नुहुँदै तमुले छोँज धीँको आगामी केन्द्रिय समितिको बैठकबाट आन्दोलन घोषणा गर्ने बताए ।
पश्चिम नवलपरासीको सुनवल ५ स्थित बनकट्टी पार्टी प्यालेसमा भएको कार्यक्रममा तमुले समृद्धिका नाममा आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई मेट्ने गरी राष्ट्रिय पर्वका रुपमा महत्व पाईसकेको पर्वमा समेत बिदा कटौती गरी ३५ प्रतिशत आदिवासी जनजातिहरुलाई दुखी बनाएको आरोप लगाए ।
उनले भने – ‘सत्ताधारी समुदायको चाड पर्वमा दिइएको विदालाई यथावत राखेर अन्य समुदायको एक दिन विदा पनि कटौती गर्नु जनजाति माथिको प्रहार भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाए ।





कार्यक्रम तमु बिद्यार्थी छोँज धीँ नवलपरासीका अध्यक्ष नरेश तमुको अध्यक्षता भएको थियो ।
कार्यक्रममा तमु बिद्यार्थी छोँज धीँ का केन्द्रिय अध्यक्ष पुकार तमु, उपाध्यक्ष बमर्श तमु, तमु ह्युल छोँज धीँका महासचिव सुर्य बहादुर तमु , केन्द्रिय सह कोषाध्यक्ष तौ बहादुर गुरुङ लगायत केन्द्रिय तथा जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...