तिहार ढिलो हुँदा सुक्यो सयपत्री फूल, कृतिम माला छोई नसक्नु

रामकुमार श्रेष्ठ
नवलपरासी, २२ कात्तिक ।


कात्तिक २३ गते अर्थात भोलि तिहारको मुख्य दिन । भोलि टिकाको दिन दिदीबहिनीले दाजुभाइलाई रप्तरंगी टिका लगाएर सयपत्री र मखमली फूलका माला लगाइदिने गर्दछन् ।
फूलफूलको पर्व र झिलिमिली बत्तीको पर्व पनि भनेर चिनिने तिहार यस बर्ष अन्य बर्षको तुलनामा केही ढिलो हुँदा सयपत्री फूल सुकेको छ ।


केही रहलफलह फूल मात्र नसुकेको अवस्थामा देख्न सकिन्छ । सुपारी फूल पनि भनेर चिनिने मखमली फूल भने राम्रो रहेपनि सयपत्री फूल सुकेको हो ।
सयपत्री र मखमली फूलको माला बनाएर तिहारको भाई टिकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने प्रचलन रहेको छ ।
गाउँमा भाइटिकाको अघिल्लो दिन नै फूल टिपेर माला तयार पारिन्छ भने सहरबजारमा तिहार आउनु १ साता अघिदेखि नै फूलका मालाहरु विक्रीका लागि बजारमा ल्याइने गरिन्छ ।

कृतिम माला छोई नसक्नु

सयपत्री तथा मखमली फूलको अभाव भएका कारण नेपालमा अहिले भारतबाट आयातित कृतिम माला भने निक्कै महंगो विक्री भएको छ । ससाना र सामान्य माला १ सय रुपैयाँ देखि माथिमा विक्री भईरहेको छ भने केही राम्रा र ठूला कृतिम माला प्रति गोठा ५ सय रुपैयाँसम्म विक्री भएको छ ।
यसरी भारतबाट ल्याइएको माला बढी प्रचलनमा आउँदा ठूलो रकम बाहिरिने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *