विमल घर्तीको गोलले च्यासल क्बल राइनो गोल्डकपको सेमीफाईनलमा

0 48







रामकुमार श्रेष्ठ

नवलपरासी, २५ कात्तिक ।


विमल घर्ती मगरको गोलले नै च्यासल युथ क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।
आइतबार एनआरटी काठमाडौं विरुद्धको खेलमा विमल घर्ती मगरले खेलको दोस्रो हाफको १० औं मिनेटमा कर्नरबाट सुट गरेको बललाई हेड गर्दै गोलमा परिणत गरेका थिए ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक १५ गतेबाट शुरु भएको हो । प्रतियोगिताको फाइनल खेल कात्तिक २९ गते हुने छ ।
एक सिंगे गैंडाको संरक्षणका लागि सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
आइतबारको खेलमा च्यासल युथ क्बल १–० गोल अन्तरले विजयी भएको छ ।


सोमबारको खेल ए पि एफ क्लव र हिमालयन शेर्पा बीच हुने खेल सयोजक शेतमान पुनले जानकारी दिए । प्रतियोगिता नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा भएको हो ।
प्रतियोगितामा २ विभागी टिम र ए डिभिजन क्लबका ६ टिमको सहभागिता रहेको छ ।
खेलमा प्रतियोगितामा पहिलो हुनेले ४ लाख ९९ हजार ५ सय ५५ र दोस्रो हुने टिमले २ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने छन् ।

You might also like
Loading...