पप्पुको मुद्दाको म्याद तामेलीमा ढिलाइ

0 40







काठमाडौँ, कात्तिक २७ गते । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको एक महिना पूरा भएको छ । असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पनि मुद्दाको बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन । विशेषले सम्बन्धित जिल्ला अदालतमार्फत् प्रतिवादीविरुद्ध अदालतमा हाजिर हुन आउन म्याद जारी गरे पनि प्रतिवादीहरुले म्याद बुझेका छैनन् । अख्तियारले सबै अभियुक्तलाई फरार सूचीमा राखेर मुद्दा दर्ता गरेको थियो ।pappu
विशेष अदालतले मुद्दा दर्ता गरेको भोलिपल्टैदेखि सम्बन्धित जिल्ला अदालतद्वारा म्याद बुझाउने प्रक्रिया सुरु गरेको थियो । तर, एक महिनासम्म म्याद बुझेको जानकारी विशेष अदालतले पाएको छैन । विशेषले १२ जना नै प्रतिवादीविरुद्ध म्याद पठाइसकेको छ । पप्पुका संस्थापक अध्यक्ष हरिनारायण रौनियारविरुद्ध विशेषले पर्सामा म्याद पठाएको छ ।
विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले सबै प्रतिवादीका नाममा म्याद पठाइएको तर, म्याद बुझेको जानकारी प्राप्त नभएको बताउनुभयो । विशेषले १२ जना प्रतिवादीलाई अभियोगपत्रमा उल्लेख गरिएको ठेगानाको जिल्ला अदालतमार्फत् विशेषले म्याद पठाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुद्दा दर्ता लगत्तै हामीले म्याद पठाएका हौँ । तर, अहिलेसम्म म्याद बुझेको जानकारी हामीले पाएका छैनौँ । फलोअप भने गरिरहेका छौँ ।’ आजको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

You might also like
Loading...