वडा अध्यक्षको खाजा, नास्ताकाे रकम बाटाे निर्माणमा

4 49







राम अवतार चाैधरी

चन्द्राैटा(कपिलवस्तु)/ ९ मंसिर ।

कपिलवस्तुको शिवराज न.पा.३, का वडा अध्यक्ष टेकलाल सापकोटाले खाजा, नास्ताकाे रकम बाटाे निर्माणमा खर्च गरेका बताएका छन् ।

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने शिवराज नगरपालिका-३, खरेन्द्रपुर देखि करिब ३ किलोमिटर भित्र भितरिया जानेबाटाेमा पर्ने जवई खाेलामा विगतका बर्षमा पुल बनेकाे थियाे । तर पनि पुल व्यवस्थित नहुँदा वर्षयाममा बाढीले पुल वरिपरिकाे माटाे बगाउँदा अावत-जावतमा निकै समस्या भइरहेको स्थानीय बासीहरूले गुनासाे गर्दै अाएका थिए ।

त्यही जनगुनासाेलाई कदर गर्दै वडा अध्यक्ष सापकोटाले अाफ्नाे खाजा, नास्ताकाे लागि छुट्याइएको रकम समाजसेवामा अाफूले रकम खर्च गरेकाे वडा अध्यक्ष सापकोटाले बताएका हुन् । यसैबीच समाजसेवी तथा भितरिया गाउँका अध्यक्ष राम बहादुर थारुले बाटाे निर्माणमा वडा अध्यक्ष सापकोटाले सह्रनिय कार्य गरेका बताएका छन् ।

भितरिया लगायत धनगढवा(मदवा)बासी समेत दिनप्रतिदिन स्कूल तथा बजार अावतजावत गर्ने मुख्य बजार नै खरेन्द्रपुर(चन्द्राैटा) रहेकाे हुनाले महिनाै देखि समस्या झेल्दै अाइरहेका थिए । अब भने साे बाटाे राम्राे बनेकाेले अाेहाेरदाेहर गर्न निकै राम्रो भएका स्थानीयले बताएका छन् ।

अगामी दिनमा नयाँ पुल बन्ने खबर स्थानीयले पाएपछि झनै हर्षित भएका छन् । उनीहरू हर्षित हुन्छन् तर बीचमै दु:खी हुन् बाध्य भएका बताउँदै नयाँ पुल बन्ने याेजनामा बीचाैलियाकाे प्रयाेग नगर्न अाग्रह गर्दै बजेट हिनामिना हुना सक्ने विचार समेत व्यक्त गरेका हुन् ।

You might also like
Loading...