निर्मलाको न्यायका लागि कावासोतीमा प्रदर्शन (भिडियो सहित)

नवलपरासी, १८ मंसिर ।

निर्मला पन्तको न्यायका लागि पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । उनीहरुले सांकेतिक स्वरुप १५ मिनेट सडक अवरुद्ध नै गरेर प्रदर्शन गरेका थिए ।
कुमारवर्ती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले निर्मला पन्तको फोटो अंकित सरकार भेटियो न्याय भेटिएन पोष्टर सहित प्रदर्शन गरेका थिए ।
‘ए सरकार कता छ ?, निर्मलालाई न्याय दे’, ‘सरकार भेटियो, न्याय भेटिएन, जस्ता नारा लगाएका थिए । उनीहरुले ठाउँ ठाउँमा पोष्टर टाँसेका थिए ।

नवलपरासीमा केही दिन यता निर्मलाको न्यायका लागि पोष्टर टाँस्ने अभियानले तिव्रता पाएको छ ।

https://www.youtube.com/watch?v=F6o_n6QcfoI

Related Articles