कावासोती मेयर कप शुरुः उद्घाटन खेलमा कावासोती १६ को लज्जास्पद हार

152







कावासोती । कावासोतीमा शनिबारबाट मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको संघीय सांसद तिलक महतले उद्घाटन गरेका थिए ।
शुक्रबार भएको उद्घाटन खेलमा कावासोती १६ को लज्जास्पद हार भएको छ । कावासोती ४ र कावासोती १६ बीच भएको उद्घाटन खेलमा कावासोती ४ हसौरा १२ – ० गोल अन्तरले विजयी भएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष सेतबहादुर पुनले बताए ।
कावासोती नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको शुक्रबारको उद्घाटन खेल कावासोती नगरपालिकाका प्रमुख (मेयर) चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको थियो ।

उद्घाटन खेलमा एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राजेश सोनामको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा कावासोती ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगिता कावासोती ३ राममन्दिरमा रहेका खेल मैदानमा भएको हो । प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटा वडाको १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, द्वितीय हुनेले ४० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने २ टिमले १०, १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइलन खेल पुस २ गते हुने छ ।
आइतबार दुई खेल हुने आयोजकले जनाएको छ ।

आइतबारको पहिलो खेल दिउँसो १२ बजे कावासोती १ र कावासोती ११ बीच हुने छ भने २ बजे दोस्रो खेल कावासोती ७ र कावासोती १२ बीच हुने छ ।

You might also like
Loading...