अाजकाे राशिफल पुस ४ गते





तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८ 
२०७५ साल पुस ४ गते


मेष कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।


वृष पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।

मिथुन साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कर्कट विशेष पुण्यकर्म सम्पादन हुनेछ। लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ।

सिंह प्रवासमा मान–सम्मान पाइने समय छ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।

कन्या आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा प्रशस्त लाभ हुने योग छ।

तुला रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्।

वृश्चिक समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्।

धनु कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ।धन तथा ज्ञानको भण्डार बढ्नेछ।


मकर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। विशेष जिम्मेवारी हात पार्ने मौका छ।


कुम्भ स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला।

मीन सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ।




सम्बन्धित
Loading...