सीमा अतिक्रमण विरुद्ध सुस्तामा प्रदर्शन

42







नवलपरासी, ११ पुस ।

नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासी बर्दघाट सुस्ता पश्चिमले सीमा अतिक्रमण विरुद्ध सुस्तामा प्रदर्शन गरेका छन् ।

सिमा अतिक्रमण महंगी भ्रष्टचार विरुद्ध देशभर प्रदर्शन गर्ने अभियान चलाएको नेकपा क्रान्तिकारी माओवादीले मंगलबार सुस्ता पुगेर प्रदर्शन तथा सभा गरेका हुन् ।

मंगलबार प्रदेश ५ का विभिन्न जिल्लाहरुमा प्रर्दशन गरिएको हो । सोही क्रममा नवलपरासीको सूस्तामा पनि प्रदर्शन गरिएको नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले बताए ।

उनीहरुले सुस्तामा भारतीय विस्तारवादको विरुद्ध नाराबाजी पनि गरेका थिए । सोही क्रममा भारतीय सुरक्षाकर्मीहरुले केहीबेर प्रदर्शन कार्यक्रममा हस्तक्षेप समेत गरेको थियो ।

प्रदर्शन पछि आयोजित सभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य पिताम्बर आचार्य, सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ, उपाध्यक्ष आदम खाँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष राजुप्रसाद खनाल लगायतले बोलेका थिए ।

चुरामणि भण्डारीको सञ्चालनमा भएको विरोध सभा छविलाल खरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सुस्ताबासीहरुले सुस्तामा आउँदा नेपाली नेताहरुले राष्टियताको कुरा गर्ने तर भारत भ्रमण गएको बेला लम्पसार परेर पुच्छर लुकाउँने गरेको गुनासो गरेका थिए ।

You might also like
Loading...