उपचारको पैसा तिर्न नसके पछि विरामी नै अस्पतालमा बन्दी


गोपी ज्ञवाली,
नवलपरासी, १ माघ ।



पश्चिम नवलपरासी सुनवलका एक विरामी उपचारको पैसा तिर्न नसके पछि बुटवलको जेन्स अस्पतालमा दुई महिना देखी अस्पतालमा नै बन्दी बनेका छन ।
गत कात्तिकमा ट्रेक्टरले खेत जोतने क्रममा ट्रेक्टरबाट खसेर गम्भीर घाईते भएका सुनवल नगरपालिका ४ हडाहाका स्थानियवासी रामदारस बेलदार उपचारका लागि बुटवल स्थित जेनस अस्पतालमा लगिएको थियो ।
उपचारको खर्च करिब साडे आठ लाख लागेकोमा विरामीले अहिलेसम्म चार लाख रुपियाँ तिरेको तर बाकी पाँच लाख रुपियाँ अस्पताललाई तिर्न नसके पछि पछिल्लो दुई महिना देखी विरामी बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञान बेलदारले बताए ।
ठेकेदार थगवा चौधरीको टेक्टरले खेत जोत्दै गर्दा बेलदार ट्रेक्टरबाट खेसेर आफनै ट्रेक्टरको हलो मुनी परी गम्भिर घाईते भएका थिए । गम्भीर घाईते भएका बेलादारको उपचार गरि ज्यान बचाएको भए पनि उपचार पछि अस्पतालको पैसा तिर्न नसके पछि अहिले विरामी बेलदार बुटवल स्थित जेनस हस्पीटल एन्ड रिसर्च सेन्टर प्रालिमा दुई महिनादेखि बन्दीको रुपमा रहेको परिवार स्रोतले जनाएको छ ।
अहिलेसम्मको केही पैसा ट्रेक्टरधनी चौधरीले तिरी दिएको भए पनि बांकी पैसा तिर्न नसके पछि विरामीलाई अस्पतालले घर जान नदिई पछिल्लो दुई महिनादेखि अस्पतालको बैडमा नै बन्दी बनाई राखेको नेकपा नवलपरासीकी नेत्री विमला अर्यालले बताए ।
केही पैसा गाउमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन मांग गर्दा समेत पुरा पैसा नभई विरमीलाई छाडन नसकिने भन्दै अस्पताल प्रशासन प्रमुख शारदा सिंहले विरामीलाई नछाडेको नेतृ अर्यालले बताए ।
दैनिक ज्यालादारी गरेर परिवार चलाएका मजदुर बेलदारको परिवारमा साना तीन बच्चा सहित श्रीमती गरि घरमा ५ जनाको परिवार रहेको छ । परिवारको मुखिया नै अस्पतालमा थन्कीए पछि दैनिक छाक टार्ने समेत समस्या भएको श्रीमति बेलदारको भनाई रहेको छ । सहयोग जुटाई दिन अनुरोध गदै प्रदेश नम्बर ५ का मन्त्रालयहरुमा समेत धरै पटक धाउदा समेत कुनै निकास निस्कन नसकेको गुनासो श्रीमती बेलदारले बताए ।
तेस्रो पार्टी विमाले चालकको पैसा आफुहरुले दिने भनेको भए पनि पैसा नआउदा सम्म विरामीलाई छाडन सकिने अवस्था नरहेको अस्पताल प्रशासन प्रमुख सारदा सिंहले जानकारी दिए ।



सम्बन्धित
Loading...