सिकार खेल्ने क्रममा आफ्नै वन्दुकको गोली लागेर मृत्यु

11







भगीरथ भण्डारी,

इलाम, १ माघ । 

सिकार खेल्ने क्रममा आफ्नै वन्दुकको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका वडा नं. ३ का ६३ वर्षीय वुद्धिमान राईको शिकार खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राईसहित अन्य केही साथीहरू नजिकैको जङ्गलमा सिकार खेल्न गएको र बन्दुक फायरबाट राईको मृत्यु भएको हो ।

मृतक राईको शवलाई कालगतिले मृत्यु भएको भन्दै उनका साथीहरूले जङ्गलमै पूरेको अवस्था शव फेला परेको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराइले जानकारी दिए । शव पुर्ने सबैलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रोङ राज कुमार भनिने राज बहादुर राई, प्रशान्त राई, दल बहादुर राइ योगराज राई, तारा कुमार राई,े सुकमान राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

You might also like
Loading...