चालिस हजारको चेक बुझाइयो

45







परासी । पश्चिम नवलपरासीको बर्दघाट देखी चौपत्ता जाने क्रममा ई रिक्शा चालकले फेला पारेको ४० हजार बराबरको चेक सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ ।
बैंक अफ काठमाण्डौ लिमिटेड परासी शाखामा सर्बेश कुमार कलवारको नाममा रहेको खाताबाट गोविन्द चौधरीको नाममा काटिएको सो रकम बराबरको सो चेक आइतबार ई रिक्शा चालक बर्दघाट ४ बर्दघाट बस्ने कृष्ण परियारले फेला पारेका थिए ।
परियारले उक्त चेक स्थानीय रेडियोमा बुझाउनु भएको थियो । स्थानीय रेडियोले सूचना गरेपछि चेक सम्बन्धित ब्यििक्तलाई बुझाइएको हो ।
चेक बुझ्दै चौधरीले चेक फेला पानुभएका ई रिक्शा चालक परियार सहित सचनाको माध्यमबाट आफु सम्म सो चेक पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

You might also like
Loading...