मुस्ताङमा सुख्खा पहिरोले थुनियो कालीगण्डकी

23







काठमाडौं । मुस्ताङमा घरापजोङ गाउँपालिका-१ मा खसेको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएको छ ।

बुधबार विहान १० बजे भरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २र३ सय मिटर जमिन भासिएर नदी थुनिएको बताइएको छ ।

मंगलबार साँझ चलेको हावाहुरीले ढालेका रूख र सुख्खा पहिरोको ढुंगामाटो नदीमा परेपछि कालीगण्डकी थुनिएको हो । भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएको बताइएको छ ।

बाढी पूर्वानुमान महाशाखाले नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

You might also like
Loading...