वैद्य माओवादीले नवलपुरमा रातो मार्चपास गर्ने


मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले जनयुद्ध दिवस संघर्षकै रुपमा मनाउने निर्णय गरेको छ । क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनहरु र मोर्चाको शविनार बसेको संयुक्त बैठकले आगामी फागुन १ गतेको जनयुद्ध दिवस संघर्षकै रुपमा मनाउने निर्णय गरेको हो ।




क्रान्तिकारी माओवादी नवलपुर जिल्ला सेक्रेटरी उत्तम थापाको विशेष उपस्थितिमा आज कावासोतीमा बसेको बैठकले आगामी फागुन १ गते जिल्लामा रातो मार्चपास निकाल्ने निर्णय पनि गरेको छ । क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसकै सन्दर्भमा जिल्लाब्यापी रुपमा भित्ते लेखन लगायतका कार्यक्रमहरु गर्नुका साथै संगठन विस्तार अभियानलाई तिब्रता दिने निर्णय गरेको देशभक्त गणतान्त्रिक मोर्चा नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले जानकारी दिनुभयो ।

यस्तै, क्रान्तिकारी माओवादी सम्बद्ध कुमाल राष्ट्रिय मुक्ति मोर्चाको आयोजनामा पहिचान र अधिकार तथा यसका उपलब्धीका बारेमा आगामी फागुन ४ गते सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि जवस मोर्चाले गरेको कुमाल मोर्चाका अध्यक्ष श्याम कुमालले बताउनुभयो । क्रान्तिकारी माओवादी नवलपुरको जनवर्गीय संगठन र मोर्चाका फ्र्याक्सन इन्चार्ज चेतनको अध्यक्षतामा बसेको बैठकमा दश वटा भन्दा बढी जनवर्गीय संगठन तथा मोर्चाका इन्चार्ज तथा संयोजकहरुको उपस्थिति थियो ।







सम्बन्धित
Loading...