धुर्मुस सुन्तलीको अर्को उदाहरणीय कामः भरतपुरमा यस्तो बन्ने छ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला (थ्रिडी डिजाइन सहित)

94







धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार गरेको छ । चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । उक्त रंगशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ ।

घोषणासँगै फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको छेउमा रहेको २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला महानगरको वडा नं. १५ मा पर्दछ । भरतपुरबाट नजिक रहेको यो जग्गाको लागि महानगरको वडा नं. २० मा रहेको जग्गामा साटेको हो । निर्माण हुने यो रंगशालाले खेल क्षेत्रको लागि ठुलो उपलब्धी भएको क्रिकेट खेलाडी पारस खड्काले बताए ।

 

 

 

You might also like
Loading...