लाेहराैलामा हुने थारु साँस्कृतिक त्रिवेणी मेलाकाे तयारी पूरा

32







राम अवतार चाैधरी
कपिलवस्तु/ १८ माघ ।

कपिलवस्तुको विजयनगर-२, लाेहराैलामा हुना लागेकाे थारु साँस्कृतिक एवम् परम्परागत त्रिवेणी मेला महाेत्सवकाे तयारी पूरा भएको छ । शुक्रबार एक कार्यक्रमकाे अायाेजना गरि मेलाकाे तयारी पूरा भएकाे सार्वजनिक गरेकाे हाे ।

“हम्मन भाषा अाे संस्कृति हमनके शान, थारु संस्कृति बचएना हम्मनके अभियान” भन्ने मुल नारा सहित सञ्चालन हुने महाेत्सव यहि माघ १९ गते २१ गते सम्म चल्ने पिन्टुराम थारुले बताए ।

उक्त मेलाकाे मुख्य अाकर्षण थारु पहिरन भेषभुषाकाे प्रदर्शनी, झुम्रा, झ्ररा, मयुर, लाठी नाचकाे प्रदर्शन र थारु खाना परिकार लगायत परम्परागत सामाग्रीकाे प्रदर्शनी एवम् राष्ट्रिय तथा स्थानीय जस्तैः समीक्षा चाैधरी र राेशन रत्गैँया लगायत कलाकारहरूको साथै स्थानीय क्लबहरूकाे थारु साँस्कृतिक नृत्य समेतकाे बेजोड प्रस्तुति रहने मेला महाेत्सव संयाेजक कृष्णबहादुर थारुले बताएका छन् ।

You might also like
Loading...