नेपाल पत्रकार महासंघ नवलपुरमा युनियनको प्यानल विजयी

69







नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरको शनिबार भएको निर्वाचनमा प्रेस युनियनको प्यानल विजयी भएको छ ।
प्रेस चौतारी र प्रेस संगठनको एउटा प्यानल र प्रेस युनियनले छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने क्रान्तिकारी पत्रकार महासंघ एक्कै निर्वाचनमा होमिएको थियो ।
नवलपरासी दुई जिल्ला भए पछि विभाजन भएको नेपाल पत्रकार महासंघको नवलपुर शाखामा रिक्त पदमा निर्वाचन भएको हो । जस अनुसार उपाध्यक्षमा श्रीराम सिग्देल, सचिवमा प्रेम न्यौपाने, समावेसी सहसचिवमा सारदा झेडी मगर निर्वाचित भएको छ ।
त्यसैगरी सदस्यहरुमा मुना दाहाल, विवेक भण्डारी, राज चापागाई, संजय भट्टराई, कृष्णकुमारी ढकाल, श्रीधर उपाध्यक्ष र जनजाति सदस्यमा सहज राना मगर विजयी भएका छन् । विजयी उमेदवारहरुलाई शनिबार नै पदस्थापन गरिएको छ ।

You might also like
Loading...